बचतकर्ताहरुको चार करोड रुपैयाँभन्दा बढी रकम ‘ठगेर’ सहकारी सञ्चालकहरु फरार भएका छन । काठमाडौं –९ सिनामंगलमा रहेका पञ्चरुपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकले बचतकर्ताको चार करोड रुपैयाँ बढी ‘ठगी’ गरेर फरार भएको हो ।
बचतकर्ताको करोडौं रुपैयाँ ठगी गरेर ७ जना सञ्चालकहरु फरार भएका छन भने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीका सचिब पुरन रावल र सञ्चालक सदस्य धिरेन्द्र बराल पक्राउ परेका हुन ।
बाँकी ७ जना भने फरार छन । फरार हुनेहरुमा सहकारीका अध्यक्ष पुस्कल रिसाल,उपाध्यक्ष भुवन सापकोटा,कोषध्यक्ष रोकश ज्याख्व, सञ्चालक सदस्य पुष्पबाबु पाण्डे, मंगल बहादुर तामाङ, राजकुमार साह र अर्जुन बस्ताकोटी रहेका छन ।
बचतकर्ताहरुको जम्मा गरेको रकम लिएर निकाल्न जाँदा सहकारी नै बन्द रहेको छ । बचत फिर्ता गराउन सघीय सहकारी विभाग तथा बाग्मती प्रदेश सहकारी विभागमा पुग्दा समेत उनीहरूको समस्या सुनुवाई नभएपछि पीडितहरुले प्रहरीमा जाहेरी दिएका हुन । प्रहरीले सहकारी संस्थाका सञ्चालक विरुद्ध ठगीको कसुरमा मुद्दा चलाएको हो।



