पुँजी जुटाउन राष्ट्र बैंकले सुझायो नयाँ माध्यम


  • Himalayan Bank Limited (HBL)
पुँजी जुटाउन राष्ट्र बैंकले सुझायो नयाँ माध्यम

कसैलाई पुँजी आवश्यक भए परम्परागत रूपमा बैंक तथा वित्तीय संस्था, सहकारी लगायतबाट कर्जा लिने र कुनै कम्पनी भए सेयर (आइपिओ) जारी गर्ने उपाय छ। धितोपत्र बोर्डले वैकल्पिक कोष सञ्चालन गर्न सक्ने र लगानी जुटाइदिने केही संस्थालाई अनुमति पनि दिएको छ। तर ती क्षेत्रबाट खासै लगानी भइसकेको अवस्था छैन।

मुख्य रूपमा पुँजी जुटाउन नेपालमा व्यक्ति र व्यक्तिबीच नै कारोबार हुने गरेको छ। हालसम्म यस्तो कारोबार नियमनको दायराभित्र भने आएको छैन।

राष्ट्र बैंकको केही वर्ष पुरानो एक अध्ययनले नवीन व्यवसाय (स्टार्ट-अप) र साना तथा मझौला व्यवसायका लागि पुँजी जुटाउने मुख्य आधार पुर्ख्यौली सम्पत्ति भएको देखाएको छ।

Read More