नीतिगत व्यवस्था बाधक हुँदा बिक्दैन प्रभावित स्थानीयको आईपीओ


  • Himalayan Bank Limited (HBL)
नीतिगत व्यवस्था बाधक हुँदा बिक्दैन प्रभावित स्थानीयको आईपीओ

१५ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित स्थानीयका लागि खुलाएको सार्वजनिक निष्कासन (आईपीओ) १० माघ सम्म सबै नबिकेपछि २५ माघसम्म अवधि लम्ब्याइयो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सूचना जारी गर्दै पर्याप्त आवेदन नपरेकाले १५ दिन समयावधि थप गरिएको जनाएको छ । थपिएको अवधिसम्म पनि सबै ९ लाख ३० हजार कित्ता सेयर बिक्न मुस्किल पर्ने देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेका लागि खुलाइएको त्यही सेयरमा भने तोकिएको समयमै आठ गुणा बढी आवेदन प¥यो । वैदेशिक रोजगारीमा जानेलाई २ लाख ६७ हजार कित्ता सेयर खुलाइए पनि अन्तिम दिनसम्म २३ लाख कित्ताका लागि आवेदन परेको छ । सर्वसाधारणका लागि खुल्ने आईपीओमा पनि कैयौँ गुणा बढी आवेदन पर्ने गर्छ ।

Read More