काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ११.४१ प्रतिशतले बढेर ७५ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६७ करोड ५२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा आम्दानी बढ्दा खुद नाफा बढेको हो । यसअवधिमा सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी ४.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १४ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ११ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।


