रिलायन्स स्पिनिङ आईपीओ: माथिल्लो बिन्दु नै कटअफ, पब्लिकलाई ८२०.८ रुपैयाँमा शेयर


  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङ आईपीओ: माथिल्लो बिन्दु नै कटअफ, पब्लिकलाई ८२०.८ रुपैयाँमा शेयर

रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको शेयरको शिलबन्दी आवेदन आज सोमबार खोलिएको छ । नेप्सेको कार्यालयमा आज सोमबार योग्य संस्थागत लगानीकर्ताले कम्पनीको शेयर खरिदको लागि दिएका शिलबन्दी आवेदनहरु आज खोलिएको हो। 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस निष्काशनमा कुल ६४ वटा आवेदन परेको थियो । जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा शेयर खरिदाको लागि आवेदन दिएका छन् ।  कम्पनीको शेयरको कटअफ मूल्य पनि ९१२ नै कायम भएको छ ।  ९१२ मा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाउने छन् ।  ९१२ मा आवेदन दिनेले आवेदन दिएको शेयरको ६५.७२ प्रतिशत शेयर मात्र पाउने छन् ।  ९१२ भन्दा माथिको लागि आवेदन दिनेले भने माग गरे बमोजिम कै शेयर पाउने छन् । 

Read More