दुई ‘हाई प्रोफाइल’सँग बयान लगत्तै टेरामक्स प्रकरणमा मुद्दा दर्ता गर्दै अख्तियार


  • Himalayan Bank Limited (HBL)
दुई ‘हाई प्रोफाइल’सँग बयान लगत्तै टेरामक्स प्रकरणमा मुद्दा दर्ता गर्दै अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्कीसँग छिट्टै बयान लिने भएको छ । उनीहरूको बयान लिनासाथ विशेष अदालतमा मुद्दा दर्ता गरिने आयोगको उच्च स्रोतले आइतबार रातोपाटीलाई जानकारी दिएको छ ।

तत्कालीन सञ्चारमन्त्रीद्वय बस्नेत र कार्कीसँग बयान नलिए मुद्दा अपुरो हुन्छ । ‘त्यसैले केही दिनमै दुवै जनासँग बयान लिने तयारी छ’ स्रोतले भन्यो । 

Read More