सिमरा सेजमा १६ करोड लगानीको पहिलो उद्योग


  • Himalayan Bank Limited (HBL)
सिमरा सेजमा १६ करोड लगानीको पहिलो उद्योग

काठमाडौँ — शिलान्यास भएको साढे ५ वर्षपछि सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना भएको छ । गएको शनिबार लक्ष्मी ग्रेनाइट उद्योग स्थापना भई सञ्चालनमा आएपछि सिमरा सेजले औपचारिकता पाएको छ । ०७४ चैत १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिमरा सेज शिलान्यास गरेका थिए । तर बजेटको सुनिश्चतता नहुँदा सेजले प्राथमिकता पाएको थिएन । सेजमा उद्योग आइसके पनि यसको औपचारिक उद्घाटन भने बाँकी छ । 

बजेट आएपछि ठेकेदारले ढिलासुस्ती गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए । विद्युत् सबस्टेसनका लागि पुनः बजेट अभाव भयो । सेजमा उद्योग आउन इच्छुक भए पनि पूर्वाधारकै कारण ढिलाइ भयो । सेज सम्पन्न भएको २ वर्ष बितिसक्यो । तर विद्युत्को सबस्टेसनका लागि बजेट आएन । सबस्टेसनका लागि ३५ करोड चाहिन्छ । यी समस्याका बाबजुत गत शनिबार लक्ष्मी ग्रेनाइट उद्योग औपचारिक रूपमा उद्घाटन भएपछि सेजले औपचारिकता पाएको हो ।

Read More