फोर्ब्सले अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । लक्जरी ब्राण्ड एलभीएमएचका मालिक बर्नार्ड अर्नाल्ट टेस्लाका सीईओ एलन मस्कलाई पछि पार्दै विश्वकै धनी व्यक्ति बनेका छन् ।
फोर्ब्स रियल टाइम अर्बपतिहरूको सूची अनुसार ग्लोबल लक्जरी ब्राण्ड एलभीएमएचका सीईओ अर्नाल्ट र उनको परिवारको कुल सम्पत्ति शुक्रवार २३.६ बिलियन डलरले बढेर २०७.६ बिलियन डलर पुगेको छ । यस्तै, मस्कसँग २०४.७ बिलियन डलरभन्दा बढी रहेकाे छ।
अर्बपतिहरूको सूचीमा तेस्राे स्थानमा भने जेफ बेजाेस रहेका छन् । एमाजनका संस्थापक बेजाेसकाे १८१.३ बिलियन डलरकाे नेटवर्थ छ ।



