नाडाको सचिवालय टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरिएको नाडाले जनाएको छ।


