परिसंघ, सरकार र छ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने


  • Himalayan Bank Limited (HBL)
परिसंघ, सरकार र छ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् । 

एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डष्ट्रिज प्रालि, र रन शुज् इन्डष्ट्रिजप्रालि रहेका छन्। सम्झौताअनुसार यी उद्योगहरूले कुल १६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरूलाई प्रशिक्षण दिएर सोपश्चात् कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन्। प्रशिक्षार्थी कामदारहरूको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्नेछ। 

Read More