चार बैंकलाई पुँजी दबाब, राष्ट्र बैंकको सुक्ष्म निगरानीमा


  • Himalayan Bank Limited (HBL)
चार बैंकलाई पुँजी दबाब, राष्ट्र बैंकको सुक्ष्म निगरानीमा

केही वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपातमा अझै सुधार हुन सकेको छैन। 

राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको असोज महिनासम्मको महत्त्वपूर्ण वित्तीय उपकरणसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। 

कुमारी बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंकको यस्तो पुँजी कोष पर्याप्तता कमजोर देखिएको छ। 

राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ। तर कुमारीको यस्तो अनुपात सबैभन्दा कम ८.२१ प्रतिशत, एनआइसी एशियाको ८.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.७९ प्रतिशत र प्रभु बैंकको ८.९२ प्रतिशत रहेको छ। 

'खराब कर्जा बढेका वा पुँजी कोष अनुपात दबाबमा रहेका बैंकहरूको राष्ट्र बैंकले जहिले पनि मनिटरिङ (सुक्ष्म निगरानी) गरिरहेकै हुन्छ,' राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, 'त्यसैले सुक्ष्म निगरानीमा छन् भन्न सकिन्छ।'

Read More