सात कारोबार दिनपछि बढ्यो नेप्से, ३ अर्ब ८३ करोड बराबरको धितोपत्र कारोबार


  • Himalayan Bank Limited (HBL)
सात कारोबार दिनपछि बढ्यो नेप्से, ३ अर्ब ८३ करोड बराबरको धितोपत्र कारोबार

काठमाडौं । लगातार सात कारोबार दिन घटेको नेप्से आइतवार (आज) १० दशलमव ३७ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको हो । घटेको बजारमा कम्पनीका शेयर मूल्य सस्तो भएसँगै खरीदकर्ता आकर्षित भएको देखियो । 

पछिल्लो समय घट्दो क्रममा रहेको बैंक ब्याजदर र अधिक तरलता अवस्थाले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारको भनाइ छ । यद्यपि शेयर बजार घटबढ भइरहन्छ । लगानी गर्नुपूर्व बजारको ट्रेण्ड र कम्पनीको समग्र अवस्था हेर्नुपर्ने उनीहरूको भनाइ छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत वृद्धि भएको छ ।

Read More