साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला


  • Himalayan Bank Limited (HBL)
साउदी अरबद्वारा १० हजार आप्रवासी कामदारलाई देशनिकाला

काठमाडौँ — साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।

साउदीले अवैध (अलेखबद्ध) रुपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीब्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानुन उल्लंघन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानुन उल्लंघन गरेका छन् ।

Read More