कर र भन्सारका कुरा


  • Himalayan Bank Limited (HBL)
कर र भन्सारका कुरा

भनिन्छ, भन्सार नाकाहरूमा सुनका रुख हुन्छन्, रुख चढेर सुन टिप्न पाइन्छ, त्यसैले सार्वजनिक प्रशासनमा संलग्न जनशक्ति बढी त्यतै जान खोज्छन् । पहिले लोकसेवा पास गरेका उम्दा कर्मचारीहरू अर्थ, उद्योग, वाणिज्यतिर पोस्टिङ हुन्थे । यसका लागि रस्साकस्सी पनि चल्थ्यो । सोर्सफोर्स लाग्नेमा गृह प्रशासन पनि हुन्थ्यो । अहिले पनि प्रायशः सरकारी कर्मचारी सकेसम्म अर्थ, गृह नै ताक्छन्, अरू केही नपाए पनि देशको मुटु छाम्न सकिन्छ भनेर । पर्यटन पछिमात्रै आएको हो । जब देशमा प्रजातन्त्र आयो, ०४६ पछि राजस्व समूहलाई विशिष्टीकृत गरियो । त्यस सेवाभित्र अरू छिर्न नसक्ने भए र जति जे बदमासी गरे पनि त्यसैअन्तर्गत घुमिरहने अवसर पाए कर्मचारीहरूले । पछिल्ला दिनहरूमा एयरपोर्टका गतिविधिहरूदेखि सुन ओसापसारसम्मका विषय छचल्किएर बाहिर आएकै छन् ।

Read More