६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च


  • Himalayan Bank Limited (HBL)
६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ। ती कार्यालयले अझै ६८ प्रतिशत वार्षिक बजेट खर्च गर्नुपर्ने देखिएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार बजेट कम खर्च गर्नेमा अधिकांश ठुला आयोजना सञ्चालन गर्ने कार्यालय रहेका छन्। संघीय सरकारले बाँकेका विभिन्न कार्यालयका लागि तीन अर्ब ९० करोड ७१ लाख ४७ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा एक अर्ब २६ करोड ३९ लाख ८३ हजार चार सय १८ रुपैयाँ खर्च भएको छ।

Read More