गभर्नर अधिकारी बिरूद्ध सर्वोच्च अदालतमा दायर रीटको सुनुवाइ आजका लागि स्थगित


  • Himalayan Bank Limited (HBL)
गभर्नर अधिकारी बिरूद्ध सर्वोच्च अदालतमा दायर रीटको सुनुवाइ आजका लागि स्थगित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिरूद्ध सर्वोच्च अदालतमा दायर रीटको सुनुवाइ आजका लागि स्थगित भएको छ । यसअघि माघ ९ गते उक्त रीट हेर्न नभ्याइने सूचीमा परेको थियो । उनीमाथि शैक्षिक योग्यताको प्रश्न उठाइँदै रीट परेको थियो ।

यस अघि पुस १३ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो ।

तर न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा परेको पेशी माघ ९ गते हेर्न नभ्याइने सूचीमा परेको थियाे ।

Read More