रियल इस्टेट कारोबार पूरै अनौपचारिक : नीतिगत अस्थिरताले अनौपचारिक अर्थतन्त्र मौलाएको निष्कर्ष


  • Himalayan Bank Limited (HBL)
रियल इस्टेट कारोबार पूरै अनौपचारिक : नीतिगत अस्थिरताले अनौपचारिक अर्थतन्त्र मौलाएको निष्कर्ष

काठमाडौं। रियल इस्टेट कारोबार लगभग पूरै अनौपचारिक रहेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सबैभन्दा धेरै अनौपचारिक रुपमा रियल इस्टेट सञ्चालन भइरहेको उल्लेख छ । रियल इस्टेट कारोबारको ९९ दशमलव ९७ प्रतिशत अनौपचारिक रहेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गासम्बन्धी कारोबार व्यक्तिगत रूपमै हुने, खरीदविक्री पनि सरकारी मूल्यभन्दा फरक रकममा हुने र सेवाक्षेत्रका रूपमा गणना हुने व्यक्तिगत घरको योगदान मूल्यांकन नहुने भएकाले यो क्षेत्र करीब पूर्ण अनौपचारिक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Read More