६ लघुबीमा कम्पनीको दोस्रो त्रैमास, ब्यापारमा क्रेष्ट र नेपाल माइक्रो अगाडी


  • Himalayan Bank Limited (HBL)
६ लघुबीमा कम्पनीको दोस्रो त्रैमास, ब्यापारमा क्रेष्ट र नेपाल माइक्रो अगाडी

लघु बीमक कम्पनीहरुले ६ महिनामा ७ करोड बढीको व्यापार गरेका छन् । हालसम्म कारोबार सञ्चालन गरेका लघु बीमक कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ७ करोड ३ लाख रुपैयाँको व्यापार गरेका हुन् । 

हाल ६ वटा लघु बीमक कम्पनीहरु सञ्चालनमा रहेका छन् । नेपाल बीमा प्राधिकरणबाट भने ७ वटाले लाईसेन्स पाएको भएतापनि  एउटा  कम्पनीले कारोबार सुरु गरेको छैन । 

कारोबार गर्नेहरु ३ वटा जीवन तर्फको लघुबीमा व्यवसाय गर्छन् भने ३ वटाले निजीवन तर्फको व्यवसाय गर्छन् । यो ६ महिनामा निर्जीवन व्यवसायी गर्ने ३ लघु बीमकले ४ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा जीवन बीमा व्यवसाय गर्ने ३ लघु बीमक कम्पनीले भने २ करोड ५२ लाख रुपैयाँ संकलन गरेका छन् । 

Read More