काठमाडौं : तीस लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय युवराज प्रसाई र ३० वर्षीय विश्वास राई रहेका छन्।
अवैध रुपमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त रकमसहित उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।



