रकम हिनामिना गरेको आरोपमा इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ


  • Himalayan Bank Limited (HBL)
रकम हिनामिना गरेको आरोपमा इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

Read More