काठमाडौँ — सहकारी संस्थाका सञ्चालक र उच्च तहका कर्मचारीले संस्थाको रकम हिनामिना गरी बचतकर्ताको पैसा फिर्ता दिन नसकेको खबर अब नयाँ रहेन । पैसा फिर्ता दिन नसकेका सहकारी संस्था हरेक दिनजसो थपिँदै जानु र सम्बन्धित निकायमा उजुरीका चाङ चुलिँदै गएकाले यस्तो अवस्था आएको हो ।
तर, बचतकर्ताको पैसा फिर्ता गराउन सरकार र मातहतका सम्बन्धित निकायबाट यथोचित प्रयास हुन नसकेको पीडितको गुनासो छ ।


