काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १.६३% ले कम हो । गत वर्षको यसै अवधिमा माउन्टेन इनर्जीले ३५ करोड ५८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा खुद नाफामा सामान्य गिरावट आएको हो । गत वर्ष ७४ करोड ४० लाख रहेको विद्युत बिक्री अहिले घटेर ७३ करोड ५२ लाख कायम भएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ ।



