क्रिप्टोबाट ३ खर्बको अवैध कारोबार


  • Himalayan Bank Limited (HBL)
क्रिप्टोबाट ३ खर्बको अवैध कारोबार

काठमाडौं : एघार महिनामा २ खर्ब ८६ अर्ब ४ करोड ५५ लाख ८ हजर ७ सय ५४ रुपैयाँको अवैध कारोबार गरेको आरोपमा रुपेश श्रेष्ठसहित पाँचजना कारागारमा छन्। उनीहरूको समूहले अमेरिकाबाट हुन्डी गरेर नेपाल पैसा पठाउने, क्रिप्टो करेन्सीको अबैध कारोबार गर्ने तथा बेटीङमार्फत गेम खेलाउने गरेको अभियोग दर्ता भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालयले गत माघ ८ गते जिल्ला अदालत काठमाडौंमा रुपेश श्रेष्ठलगायत १७ जना प्रतिवादीविरुद्ध अभियोगपत्र दर्ता गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम मुद्दा दर्ता गरिएको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्र्तगतको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता छ। प्रतिवादीमध्ये काठमाडौं २९ बागबजार बस्ने ४८ वर्षीय रुपेश श्रेष्ठ, थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, सामाखुसीका मीनबहादुर जिसी, मकवानपुरका कुमार परियार र झापाका झनिन्द्रप्रसाद खतिवडा कारागारमा छन्। अन्य १२ जना प्रतिवादी फरार  छन्। 

Read More