माइक्रोसफ्ट बन्याे ३ ट्रिलियन डलरकाे कम्पनी, शेयर मूल्यले पहिलाे पटक छाेयाे उच्च विन्दु


  • Himalayan Bank Limited (HBL)
माइक्रोसफ्ट बन्याे ३ ट्रिलियन डलरकाे कम्पनी, शेयर मूल्यले पहिलाे पटक छाेयाे उच्च विन्दु

सफ्टवेयर कम्पनी माइक्रोसफ्टले ३ ट्रिलियन डलरकाे बजार पूँजीकरण पार गरेको छ । बुधवारको शेयर काराेबारमा माइक्राेसफ्ट १.७ प्रतिशतले बढेर ४०५.६३ डलरमा पुगेकाे थियाे । कम्पनीले पहिलाे पटक यो विन्दु छाेएकाे हाे ।

तर, त्यसपछि भने माइक्रोसफ्टको शेयर केही घटेर ४०२.५६ डलर विन्दुमा बन्द भयो । जसका कारण कम्पनीको बजार पुँजी २.९९ ट्रिलियन डलरमा झरेको छ । बजार मूल्यांकनका आधारमा माइक्रोसफ्ट विश्वका शीर्ष कम्पनीहरू मध्ये दोस्रो स्थानमा छ ।

मूल्याङ्कनका अनुसार यो सूचीमा एप्पल पहिलो स्थानमा रहेकाे छ । यसैगरी, तेस्रो स्थानमा तेल र ग्यास कम्पनी साउदी अरामको छ जसको मार्केट क्याप १७०.०९ लाख करोड रूपैयाँ छ। यस्तै, चौथो स्थानमा गुगलको मूल कम्पनी अल्फाबेट र पाँचौं स्थानमा ई-कमर्स व्यापार प्लाटफर्म अमेजन छ।

Read More