काठमाडौं : चिनियाँ सेयर बजारले विगत ३ वर्षको अवधिमा ६० खर्ब अमेरिकी डलर बराबरको भ्याल्यू गुमाएको छ । पछिल्लो पटक सन् २०२१को फेब्रुअरीमा चिनियाँ सेयर उच्च विन्दुमा पुगेको थियो । त्यसयता निरन्तर जसो बजार घटेपछि समग्र सेयर बजार पुँजीकरण गत साताको अन्त्यसम्ममा ६० खर्ब डलरले घटेको सीएनएनले उल्लेख गरेको छ । चीनको सेयर बजारले गुमाएको उक्त सम्पति बेलायतको कुल गार्हस्थ उत्पादनको तुलनामा करिब दोब्बर हुन जान्छ ।


