काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन परिसूचक ३ दशलमव ९४ अंक घटेर २ हजार ८४ दशमलव ०९ विन्दुमा कायम भएको हो । नेप्से परिसूचक आजसँगै लगातार साता कारोबार दिन घटेको छ । सात कारोबार दिनमा ९१ दशमलव ०५ अंक घटेको छ ।
केही दिनअघि रू.९ अर्ब ७६ करोड पुगेको कारोबार रकम अहिले फेरि घटेर ३ अर्ब हाराहारीमा आइसकेको छ । यस्तै, नेप्से सूचक पनि इन्ट्रा डे कारोबारमा २२ सय विन्दुमाथि सम्म पुगेको थियो । उक्त सूचक पनि घटेर अहिले अहिले २ हजारको लाइनमा झरेको छ । विशेषगरी बैंक–वित्तीय संस्थाले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि शेयर बजार प्रभावित भयो ।



