सहकारी संस्थाहरुमा समस्या बढ्न थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्र बैंकलाई गुहारेको छ । ठूला भनिएका र समाजमा प्रभाव पार्न सक्ने व्यक्तिहरुले नै चलाएका सहकारी संस्थाहरुमा समस्या देखिने क्रम बढ्न थालेपछि मन्त्रालयले पत्र नै पठाएर राष्ट्र बैंकसँग सहयोग मागेको हो ।
६ वटा ठूला सहकारी र वित्तीय कारोबार गर्ने सहकारीका संघहरु ३ वटा गरि ९ वटाको लेखा जाँच गर्न राष्ट्र बैंकमा पत्र नै पठाएर अनुरोध गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयको प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा अन्तर्गतको सहकारी व्यवसाय प्रवद्र्धन तथा संघ संस्था समन्वय शाखाका अनुसार अहिलेकै सहकारी ऐनको प्रावधानमा टेकेर राष्ट्र बैंकसँग सहयोग मागिएको हो ।


