६ बुँदे माग राखेर मिटरब्याज पीडितले न्याय मार्च गर्ने


  • Himalayan Bank Limited (HBL)
६ बुँदे माग राखेर मिटरब्याज पीडितले न्याय मार्च गर्ने

काठमाडौं । मिटरब्याजीविरुद्ध लामो समयदेखि संघर्षरत पीडितहरुको संघर्ष समितिले न्याय मार्च गर्ने भएको छ ।  प्रेस विज्ञप्ती जारी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले माघ १६ गतेबाट पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैसाथ मार्च शुरु हुने जनाएको हो । 

सरकारले मिटरब्याजीको पक्षमा काम गरेकोले पीडितले दबाबमूलक न्याय मार्च गर्नुपरेको विज्ञप्तीमा जनाइएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको आयोजनामा हुने न्याय मार्च विभिन्न चरणमा हुनेछ । पूर्व र पश्चिमबाट एकै साथ सुरु हुने न्यायमार्च काठमाडौँ आएर वृहत आन्दोलनमा रुपान्तरित हुने समितिका अध्यक्ष अवधेश कुश्वाहले बताए । 

Read More