वाणिज्य बैंकहरूको खराब कर्जा बढेपछि लगानीकर्ता निराश


  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकहरूको खराब कर्जा बढेपछि लगानीकर्ता निराश

बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन’, यो भनाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो । उनले बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो भनेका थिए ।  

सामान्यरुपमा हेर्दा गभर्नरको यो भनाई आशावादी हो । किनकि कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएका बैंकहरु अहिले प्रतिस्पर्धी र व्यवसायीक बनेका छन् । 

तर, समस्या यहीनेर छ की गभर्नरले नै औँल्याएको निष्क्रिय कर्जाको समस्या नेपालको वित्तीय क्षेत्रका लागि वास्तवमै डरलाग्दो समस्या हो । गभर्नरले स्वीकार नगरेको भए पनि त्यो समस्या ‘ठूलो समस्या’ हो । यसो भन्नका लागि केही आधारहरू छन् । 

Read More