जडिबुटी कम्पनीको आईपीओ निकाल्ने प्रयास, प्रयासमै सीमित


  • Himalayan Bank Limited (HBL)
जडिबुटी कम्पनीको आईपीओ निकाल्ने प्रयास, प्रयासमै सीमित

काठमाडौं– सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको दुई वर्षभन्दा बढी समय भएको छ । जनताको लगानी भित्र्याएर कम्पनीको पुँजी वृद्धि गर्ने लक्ष्य राखेर आईपीओे निष्कासन गर्न खोजिए पनि त्यसले मूर्त रुप लिन सकेको छैन । अहिलेसम्म सेयर बेच्ने प्रयास प्रयासमै सीमित छ ।

कम्पनीले कुल पुँजीको ३९ प्रतिशत सेयर जारी गर्न खोजेको छ । तर, लामो समय भए पनि तारतम्य मिलाउन सकेको छैन । सेयरको विषय सुरु भएको दुई वर्षभन्दा बढी समय पुग्दा बल्ल कम्पनीको सम्पत्ति मूल्यांकन गर्ने काम हुन थालेको छ ।
कम्पनीका अनुसार मौज्दात जडिबुटीका कारण कम्पनी घाटामा गएको र कर्मचारी व्यवस्थापनमा समस्या भएकाले सेयर निष्काशनको भाका सर्दै गएको हो । कर्मचारी व्यवस्थापनको विषय अहिले पनि सल्टेको छैन । अहिले अस्थायी र करारमा भएका कर्मचारी स्थायी गर्नुपर्ने, अन्य सेवा सुविधा बढाउनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलनमा छन् । सेयर जारी गर्ने विषयमा कर्मचारीको आन्दोलनले पनि अवरोध गरेको कम्पनीको भनाइ छ ।

Read More