११ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि एकै दिन प्राथमिक सेयर (आईपीओ) खुलाएको थियो ।
माघ १० गतेसम्म आवेदन दिने समय तोकिएकोमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८.६ गुणा धेरै आवेदन पर्यो । तर त्यहीं कम्पनीको आईपीओ प्रभावित स्थानीयका हकमा भने पूर्ण रुपमा बिक्री नभएपछि माघ २५ गतेसम्म अवधि थप गरिएको छ । थपिएको अवधिसम्म पनि प्रभावित स्थानीयका लागि छुट्याइएको सम्पूर्ण ९ लाख ३० हजार कित्ता सेयर बिक्न मुस्किल पर्ने देखिन्छ ।



