शंकास्पद वित्तीय कारोबार बढ्यो, झन्डै ६ हजार उजुरी


  • Himalayan Bank Limited (HBL)
शंकास्पद वित्तीय कारोबार बढ्यो, झन्डै ६ हजार उजुरी

काठमाडौँ — नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि उल्लेख्य मात्रामा बढेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ को वार्षिक प्रतिवेदनले औंल्याएको छ । आर्थिक वर्ष ०७९/८० को एफआईयूको वार्षिक प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा सो अवधिमा नेपालमा शंकास्पद कारोबारको उजुरी शतप्रतिशतभन्दा धेरैले बढेको देखाएको हो ।

यो अवधिमा सरोकारवाला निकायले अनिवार्य रूपमा एफआईयूमा गर्नुपर्ने रिपोर्टिङ थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट (टीटीआर) को संख्या घट्दा पनि शंकास्पद कारोबारको उजुरी बढ्नुले वित्तीय अपराधसँग सम्बन्धित गतिविधि पनि बढेको पुष्टि हुने जानकारहरू बताउँछन् । मुलुकका सबै क्षेत्रमा सुशासनको समस्या रहेकाले आर्थिक गतिविधि बढेसँगै वित्तीय अपराधसम्बन्धी उजुरीहरू पनि बढेको हुन सक्ने उनीहरूको भनाइ छ ।

Read More