पुस महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे २ अर्ब ८४ करोड प्रथम बीमा प्रिमियम


  • Himalayan Bank Limited (HBL)
पुस महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे २ अर्ब ८४ करोड प्रथम बीमा प्रिमियम

आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा जीवन बीमा कम्पनीहरुले साढे २ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले पुसमा ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन ।

पुसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुसमा ५६ करोड २२ लाख ७४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रहेको छ । कम्पनीले यस अवधिमा ३७ करोड १४ लाख ५५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो ।

Read More