काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमाको दायरा विस्तार गरेको छ । लघुबीमासम्बन्धी निर्देशन २०७९ संशोधन गर्दै प्राधिकरणले अनिवार्य बीमाको व्यवस्था भएका तेस्रो पक्ष र वैदेशिक रोजगारी म्यादी बीमाको अधिकार लघुबीमा कम्पनीलाई पनि दिएको हो ।
संशोधित निर्देशनमा लघु निर्जीवन बीमा गर्ने बीमकले ५० लाख रुपैयाँ दायित्वसम्मको मोटर लघुबीमा र तेस्रो पक्ष बीमा गर्न पाउने व्यवस्था थप गरिएको छ । निर्देशनको दफा २० को उपदफा (१) संशोधन गर्दै ५० लाख रुपैयाँ दायित्वसम्मको मोटर लघुबीमा र मोटर बीमा दरसम्बन्धी निर्देशिका २०७३ बमोजिम मोटर तेस्रो पक्ष (थर्ड पार्टी)बीमा लघुबीमाले गर्न पाउने व्यवस्था थप गरेको हो ।



