दोस्रो त्रैमासमा जीवन बिमा कम्पनीहरुको कुल बिमा शुल्क संकलन ७४ अर्ब माथि, कुनको कति ?


  • Himalayan Bank Limited (HBL)
दोस्रो त्रैमासमा जीवन बिमा कम्पनीहरुको कुल बिमा शुल्क संकलन ७४ अर्ब माथि, कुनको कति ?

काठमाडौं : जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ७४ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको पुस मसान्तसम्मको तथ्यांक अनुसार ३ वटा लघु जीवन बिमा कम्पनीसहित १७ वटा जीवन बिमा कम्पनीहरुले कुल ७४ अर्ब २४ करोड ५८ लाख ६० हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये १३ अर्ब ८४ करोड २० लाख ३८ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने ६० अर्ब ४० करोड ३८ लाख २२ हजार नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये ३ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा २ करोड ५२ लाख ४४ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै २० अर्ब २ करोड ३१ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

Read More