काठमाडौं : सेयर बजार बुधबार पनि सुस्त देखिएको छ । यस दिन नेप्से सूचक १०.२५ विन्दुले घटेर २०८८.०४ अंकमा आएको छ । ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये २ वटा समूहमाात्र बढेको छ । यस दिन २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन ३११ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र अरुण काबेली हाइड्रोपावर छन् ।



