चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको पेट्रोलियम अनुसन्धानको काम पुनः अघि बढेको छ।
पेट्रोलियम अन्वेषणको लागि आवश्यक पूर्वाधार बनेसँगै अनुसन्धानको काम पुनः अघि बढेको हो।
अहिले पूर्वाधारको काम अन्तिम चरणमा पुगेको खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख निदेश कुमार नापितले जानकारी दिए। 'हामीलाई जग्गा र बाटोको समस्या थियो। त्यसको समाधान भइसकेको छ। अब ड्रिलिङका लागि मेसिन लैजान सक्छौं,' उनले भने।
अनुसन्धानका निम्ति ड्रिलिङ गर्नुपर्ने हुन्छ। यसमा चाहिने उपकरण अनुसन्धान स्थलसम्म लैजानुपर्छ। त्यसको लागि जग्गा र बाटो आवश्यक हुन्छ। तर बजेट विनियोजन नहुँदा पूर्वाधारको काम रोकिएको थियो।



