नेप्सेले थप २ ब्रोकर कम्पनीलाई दियो सदस्यता नम्बर


  • Himalayan Bank Limited (HBL)
नेप्सेले थप २ ब्रोकर कम्पनीलाई दियो सदस्यता नम्बर

नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप २ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले  ब्रोकर सदस्यता दिए संगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु गर्न सक्ने छन्। 

नेप्सेले माघ ३ गते हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिजलाई सदस्यता प्रदान गरेको हो । यी कम्पनीको सदस्यता नम्बर क्रमश ९६ र ९७ रहेको छ । 

यस अघि नेप्सेले पुस ५ गते म्याग्नेट सेक्युरिटिज (ब्रोकर नम्बर ९५ ) र मङ्सिर ५ गते केबिएल सेक्युरिटिज (ब्रोकर नम्बर ९४) लाई ब्रोकर सदस्यता दिएको छ । 

Read More