शंकास्पद वित्तीय कारोबारमा वार्षिक दुई गुणाले वृद्धि भइरहेको देखिएको छ। राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाईले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो।
वित्तीय कारोबार गर्ने संस्थाहरूले आर्थिक वर्ष २०७९/८० मा पाँच हजार नौ सय ३५ वटा यस्ता शंकास्पद वित्तीय कारोबारको सूचना वित्तीय अनुसन्धान इकाईमा जानकारी गराएका हुन्।
बैंक तथा वित्तीय संस्था लगायतका सूचक संस्थाहरूले १० लाख रूपैयाँ माथिको हरेक कारोबारको अनिवार्य जानकारी वित्तीय अनुसन्धान इकाईमा गराउनुपर्छ। त्यस्तै सम्पत्ति शुद्धीकरण प्रयोजनको लागि कारोबार भएको आशंका लागेमा शंकास्पद कारोबारको रूपमा जानकारी गराउनु पर्छ।



