काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनु भएको छ । नेपालको कृषि, उद्योग, पर्यटन, वाणिज्य, व्यापार र सेवा लगायतका क्षेत्रमा लगानीका माध्यमद्वारा उच्च योगदान पुर्याएको बताउँदै ५८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिनु भएको छ ।
शुभकामना सन्देश मार्फत उहाँले वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्कले स्थापनाकालको ५९ औँ वर्ष प्रवेश गर्न लागेको जानकारी पाउँदा खुसी लागेको बताउनुभएको छ ।








