१० माघ, काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमा नयाँ उत्पादन जबर्जस्त अगाडि आएको छ । नेपालमा उत्पादन भएको जस्तापाताले भारतीय बजारमा तीव्र गतिले आफ्नो उपस्थिति बढाउँदै लगेको छ ।
सन् २०२३ मा नेपालबाट १३ अर्ब १९ करोड रुपैयाँबराबरको जस्तापाता दक्षिणी छिमेकी भारत निर्यात भएको हो । भारतीय भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट २०२३ मा ८ अर्ब १४ करोड २० लाख भारुबराबरको जस्तापाता निर्यात भएको हो ।



