सम्भव छ १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात ?


  • Himalayan Bank Limited (HBL)
सम्भव छ १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात ?

काठमाडौँ — नेपालले विद्युत् उत्पादनको ११२ वर्षे लामो इतिहास बोके पनि पछिल्ला वर्षमा मात्रै उत्पादनले गति लिन थालेको छ । नेपाल सरकारले भारतसँग हालै गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने भनिएको छ । तर, के सम्झौताअनुसार विद्युत् उत्पादन र निर्यात सम्भव छ त ?

सरोकारवाला भन्छन्, ‘१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न विभिन्न ऐन, कानुन संशोधन गरेर अघि बढ्नुपर्छ ।’ यही सरकारी ऐन–कानुनअनुसार अघि बढे विद्युत् आयोजना निर्माण र उत्पादनमा माथिल्लो तामाकोशीकै नियति दोहोरिने निजी क्षेत्रको भनाइ छ । नेपालले विद्युत् व्यापारका लागि गत पुसमा भारतसँग गरेको यो सम्झौता पहिलो भने होइन । यसअघि सन् २०१४ मा पनि नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) भइसकेको थियो । सन् २०१४ मा अल्पकालीन सम्झौता भई अहिले ५ सय मेगावाटभन्दा बढी विद्युत् व्यापार हुँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै १५ अर्ब रुपैयाँको बिजुली बिक्री भएको छ ।

Read More