१५ बैंकको आधार दर एकल विन्दुमा झर्याे, कर्जा सस्तिदै, १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा पाइने


  • Himalayan Bank Limited (HBL)
१५ बैंकको आधार दर एकल विन्दुमा झर्याे, कर्जा सस्तिदै, १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा पाइने

बैंकहरुको ब्याजदर लगातार घट्न थालेको छ। बैंकहरुमा अधिक तरलता भएपछि निक्षेपको ब्याजदर घटाउदा कर्जाको ब्याजदर पनि घट्दै गएको छ।

पछिल्लो समय बैंकहरुले निक्षेपमा ब्याजदर घटाउदै लगेका छन्। यसले गर्दा बैंकहरुको लागत घटेको छ भने त्यसले कर्जाको ब्याजदर पनि घटाएको छ।

बैंकहरुले प्रकाशित गरेको पुस मसान्तको तथ्याँक अनुसार अहिले बैंकहरुको औसत आधार दर एकल विन्दुमा झरेको छ। पुस महिनासम्ममा बैंकहरुको औसत आधार दर ९.४२ प्रतिशतमा झरेको छ। अहिले अधिकाँश बैंकको आधार दर एकल विन्दुमा झरिसकेको अवस्था छ। १५ बैंकको आधार दर एक विन्दुमा झरेको छ भने ४ बैंकको मात्रै १० प्रतिशत माथि छ। यसले कर्जाको ब्याजदर पनि घटाउदै लगेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १०.१४ प्रतिशत रहेको औसत आधार दर गत पुससम्ममा ९.४२ प्रतिशतमा झरेको छ। यो एक वर्षमा आधार दर साढे १ प्रतिशत विन्दुले झरेको छ।

Read More