काठमाडौं : चीनले त्यहाँको सेयर बजारमा आएको गिरावट रोक्नलाई उद्धारको प्याकेजको बारेमा विचार गरेको छ । ‘ब्लूमबर्गका’ अनुसार चिनियाँ राज्यको स्वामित्वमा रहेका उद्यमहरुको खाताहरुबाट करिब २ ट्रिलियन युआन (२७८ अर्ब डलर) परिचालन गर्न खोजिरहेको हो ।
चिनियाँ नीति निर्माताहरुले स्थानीय कोषको ३०० अर्ब युआन पनि अलग राखेका छन् । जुन सरकारी स्वामित्वको वित्तीय फर्म चाइना सेक्युरिटिज फाइनान्स कर्पोरेसन वा सेन्ट्रल हुइजिन इन्भेष्टमेन्ट लिमिटेड मार्फत सेयरहरुमा लगानी गर्न प्रयोग गरिनेछ ।



