सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने


  • Himalayan Bank Limited (HBL)
सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। 

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको समय नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको हो। 

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो। सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।

प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरेको छ। 

Read More