आर्थिक वर्ष २०७९/८० बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाईएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरै भएको हो। आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको संख्या २ हजार ७ सय ८० मात्र थियो ।


