गभर्नर अधिकारीको शैक्षिक योग्यताको मुद्दा आज हेर्न नभ्याइनेमा


  • Himalayan Bank Limited (HBL)
गभर्नर अधिकारीको शैक्षिक योग्यताको मुद्दा आज हेर्न नभ्याइनेमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट अज हेर्न नभ्याइने सूचीमा परेको छ ।

यस अघि पुस १३ गते सर्वोच्चमा बसेको न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो । तर समय अपुग भएपछि न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा परेको पेशी हेर्न नभ्याइने सूचीमा परेको हो ।

Read More