बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले आयोजना निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेकाले आयोजनाको निर्माण कार्यमा अन्यौलमा नरहन मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण र बुढीगण्डकी जलविद्युत् लिमिटेडलाई आग्रह समेत गरे। 

Read More