काठमाडौं । मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट ३१ अर्ब २ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता गर्ने वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करीब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।



