काठमाडौं । उच्च अदालत पाटनले एनसेलको पछिल्लो शेयर खरिद-बिक्री सम्झौता कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।
न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको संयुक्त इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको जनाउँदै नयाँ आदेश नदिएको हो ।



